Katrina-Kaifदुई वर्षयता कट्रिना कैफका फिल्म हिट भएका छैनन् । सन् २०१४ मा ऋतिक रोशनसँग उनको फिल्म ‘बैंग बैंग’ले खासै कमाल गरेन । फिल्म ‘फैंटम’बाट पनि उनले निराश हुनुपर्यो । हालै रिलिज फिल्म ‘फितुर’बाट कट्रिनाले आशा गरेकी थिइन् । त्यहाँ पनि कट्रिनाका हात निराशा नै लाग्यो । यस वर्ष उनका दुइटा फिल्म ‘जग्गा जासुुस’ र ‘बार बार देखो’ आउने छन् । ‘जग्गा जासुस’मा कट्रिनाले ब्रेकअपपछि पहिलोपटक रणवीर कपुरसँग स्क्रिन सेयर गर्नेछिन् भने ‘बार बार देखो’मा उनी सिद्धार्थ मल्होत्रासँग देखिनेछिन् । व्यावसायिक जीवनसँगै आजभोलि व्यक्तिगत जीवनमा पनि कट्रिना अप्ठ्यारो समयबाट गुज्रिरहेकी छिन् । उनले एक भारतीय मिडियासँग गरेको कुराकानीः

गत वर्ष धेरैपटक तपाईंका रोमान्स र बिहेका खबर आए । तर, तपाईंले कुनै समाचारमा पनि कमेन्ट गर्नुभएन ?

म त्यही कुरामा कमेन्ट गर्छु, जुन मैले सावर्जजकि रूपमा भनेकी छु । तर, मैले आजसम्म कुनै पनि फिल्मको प्रमोसनका क्रममा वा अरू कुनै कार्यक्रममा आफ्नो व्यक्तिगत जीवनबारे बोलेकी छैन । त्यसैले म के कुरामा कमेन्ट गरुँ ?

हालै रणवीर कपुरसँग तपाईंको ब्रेकअपको खबर आयो । त्यसमा पनि तपाईं चुप लाग्नुभयो ?

मैले यसबारे कहीँकतै के पनि भनेको छैन त मैले के कुराको जबाब दिने । मलाई लाग्छ कि फिल्म स्टार कुनै समाचारमा कमेन्ट गर्दैनन् र आफूबारे छापिएका मनगढन्ते समाचार देखेर र सुनेर पनि चुप लाग्छन् । यसो गर्दा मिडियाले सजिलै उनीबारे जस्तोसुकै समाचार पनि ल्याइदिन्छ । तपाईं मलाई मेरो कुनै पनि यस्तो अन्तर्वार्ता देखाइदिनुस्, जसमा मैले रणवीर कपुर वा अरू कुनै स्टारबारे बोलेकी छु । त्यसैले मलाई लाग्दैन कि मैले आधारहीन समाचारमा कमेन्ट गर्नुपर्छ वा जवाफ दिनुपर्छ । मिडियाले फिल्मकर्मीको व्यावसायिक जीवनलाई व्यक्तिगत जीवनसँग जोडेको देख्दा नराम्रो लाग्छ । म त सधैँ आफ्नो व्यावसायिक जीवन र व्यक्तिगत जीवनलाई अलग–अलग राख्ने प्रयास गर्छु । टीभी च्यानल वा कुनै पत्रिकामा यस्ता हावादारी समाचार हेर्दा वा पढ्दा म आफ्नो मुड खराब गर्दिनँ, बरु हाँसो लाग्छ ।

भन्नाले तपाईं अहिले पनि सिंगल हुनुहुन्छ ?

मैले धेरैपटक भनिसकेँ र आज एकपटक फेरि भन्छु, जबसम्म बिहे हुँदैन, तबसम्म मानिस सिंगल नै हुन्छ । यो कुरा ममाथि पनि लागू हुन्छ ।

तपाईंको सबैभन्दा ठूलो कमजोरी ?

मेरो परिवार नै मेरो सबैभन्दा ठूलो कमजोरी हो । हामी छ बहिनी छौँ । मेरा बहिनीहरू मेरा लागि ‘एन्जल’भन्दा कम छैनन् । उनीहरूको सबै जिम्मेवारीलाई म आफ्नो ठान्छु । आफ्ना बहिनीहरूको खुशीका लागि म जे पनि गर्न सक्छु ।

आज तपाईं सफलताको शिखरमा हुनुहुन्छ । इन्डस्ट्रीका नम्बर वानहरूसँग काम गरिसक्नुभएको छ । बीस वर्षपछि आफूलाई कहाँ देख्नुहुन्छ ?

बीस वर्षपछि म आफूलाई परिवारसँग खुशी देख्न चाहन्छु । बीस वर्षपछि पनि म आफूलाई बलिउडमा सक्रिय भएर फिल्म गरेको देख्न चाहन्छु ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *