Lekhraj-Bhattaएकीकृत नेकपा माओवादीका केन्द्रीय नेता लेखराज भट्टले एमाओवादीका तर्फबाट सरकारमा सहभागी एकजना मन्त्रीलाई हटाएर कैलालीको थारुलाई मन्त्री बनाउन माग गरेका छन्।
अघिल्लो सातादेखि पार्टी मुख्यालयमा जारी एमाओवादी केन्द्रीय समितिको बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा भट्टले यस्तो माग राखेका हुन् । बुधबार दिउँसो बैठकमा बोल्दै नेता भट्टले भने- ‘एकजना मन्त्रीलाई फिर्ता कोलाउनुपर्‍यो र कैलालीको थारुलाई मन्त्री बनाउनुपर्‍यो ।’

बैठकमा बोल्दै नेता भट्टले सबै मानिसहरु निजत्वतर्फ गइरहेकाले सामुहिक श्रम र उत्पादन बढाउने कुरा सम्भव नहुने बताए । उनले जातीय पहिचानको पनि आलोचना गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *