भोटनीदेवी खवास, खवास समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एक्लो सदस्य हुनुहुन्छ । पञ्चायतकालकाउपप्रधानपञ्चकी भतिजी तथा २०१५ सालदेखिकै स्थानीय जनप्रतिनिधिकी बुहारी भए पनि भोटनीदेवीकोपारिवारको आर्थिक र सामाजिक हैसियत सामान्य छ ।उहाँका ससुराले स्थानीय ऐलानी जग्गामा सुकुम्बासीलाई आश्रय दिनुभएको थियो । प्रारम्भमा ससुराको पञ्चायतीपृष्ठभूमि भए पनि २०३६ सालमा नेपाली काङ्ग्रेसमा लागेर राजनीति गरेको अभियोगमा उहाँ नेता कृष्णप्रसादभट्टराईसँगै सात दिन थुनामा पर्नुभएको थियो। भोटनीदेवीले २०३६ सालमा बिपी कोइरालाको भाषण सुन्ने अवसर पाउनुभएको थियो । समाजवाद, महिलाअधिकार र गरिबी उत्थानकाबारेमा बिपिले गरेको भाषणबाट उहाँ धेरै प्रभावित हुनुभयो । राजनीतिकरुपमा सचेतपरिवार भएका कारण उहाँलाई राजनीतिमा लाग्न गाह्रो परेन । उहाँ भन्नुहुन्छ, ‘मभित्र राजनीतिक चेतनाकोविकास भएदेखि नै मैले राजनीतिमा सहभागी भएँ र यो क्षेत्रमा निरन्तर रुपले लागेँ । तर, आप्mनो परिवारराजनीतिकरुपमा सचेत भए पनि राजनीतिमा टिक्न मैले धेरै चुनौतीसँग सामना गरेँ ।’ सामाजिक रुपान्तरणकालागि महिलाले पनि साइकल चलाउन मिल्छ भनेर भोटनीदेवीले साइकल चलाउन थाल्नुभयो । यसबाट धेरैमहिलाहरू पनि उत्साहित भए ।
उहाँले २०४७ सालमा नेपाली काङ्ग्रेससँग आबद्ध नेपाल महिला सङ्घ मोरङको सहसचिव र २०४९ देखि २०५३सालसम्म उपसभापतिको भूमिका निर्वाह गर्नुभयो । यसैगरी २०५२ सालमा उहाँ सोही सङ्घको केन्द्रीय सदस्यबन्नुभयो । हाल उहाँ नेपाली काङ्ग्रेसको महासमिति सदस्य र नेपाल महिला सङ्घको केन्द्रीय सदस्य पनिहुनुहुन्छ । राजनीति गर्ने क्रममा भोट्नीदेवीले बेलाबेलामा सुरक्षा निकाय तथा अन्य दलका कार्यकर्ताबाट शारीरिक तथामानसिक हिंसा पनि भोग्नुप¥यो । त्यस्तै उहाँ २०६२÷६३ को जनआन्दोलनमा पनि २४ घण्टा हिरासतमा पर्नुभयो ।भोटनीदेवीलाई संविधानसभाको सदस्य हुन्छु भन्ने अपेक्षा थिएन । तर, पार्टीले उहाँको कामको मूल्याङ्कनगरेर संविधानसभा बन्ने अवसर प्रदान ग¥यो । भोटनीदेवी संविधानसभा अन्तर्गतको क्षमता अभिवृद्धि समितिर व्यवस्थापिका संसद् अन्तर्गतको संसदीय सुनवाइ विशेष समितिको सदस्य हुनुहुन्छ । नयाँ बन्ने संविधानमाजनताका भावना समेट्ने सिलसिलामा जनमत सड्ढलनका लागि उहाँ पर्वत जिल्लाको क्षेत्र नम्बर २ का अधिकांशगाविस र बाग्लुङ्ग जिल्ला पुगेर जनतासँग अन्र्तक्रिया गर्नुभयो । संविधान लेखनमा निकै व्यस्त रहेको बताउनेभोटनीदेवी आफ्नो परिवारकाबारेमा भन्नुहुन्छ, ‘मैले राजनीति गर्ने क्रममा परिवारलाई पर्याप्त समय दिन पाइँन ।राजनीतिमा लागेकै कारण विरामी छोराको राम्रो उपचार हुन नसक्दा छोरा अहिले अपाङ्गजस्तै भएको छ । राम्ररीपढाउन पनि सकिएन ।’भोटनीदेवीले आफू संलग्न समितिमा महिलालाई क्षमतावान बनाउने, कर्मचारीको दक्षता बढाउने, राज्यको हरेकतहमा आदिवासी÷जनजाति, दलित, मधेसी आदिको पूर्ण समावेशी तथा समानुपातिक प्रतिनिधित्वको व्यवस्थागर्ने, युवालाई रोजगारी दिलाउने, मुस्लिम, अपाङ्ग, जस्ता अल्पसङ्ख्यकको प्रतिनिधित्व र अधिकार सुनिश्चितगर्ने विषयमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘शिक्षा, स्वास्थ्य, राजनीतिलगायत राज्यका हरेक ठाउँमा महिलार पुरुषको समान पहुँच हुनुपर्छ । निर्णय प्रक्रियामा पूर्ण समानुपातिक तथा समावेशी सहभागिता हुनुपर्छ । पैतृकसम्पत्तिमाथि छोरा र छोरीको समान हक हुनुपर्छ । आमाको नामबाट पनि नागरिकता दिने प्रावधान हुनुपर्छ रमहिलाको विशेषाधिकार संविधानमा नै उल्लेख हुनुपर्छ ।’संविधान निर्माणका क्रममा संविधानसभाका विभिन्न समितिहरूले अवधारणापत्र सहितको मस्यौदापत्र बुझाइसकेकाछन् । उहाँको विचारमा संविधानसभामा प्रस्तुत प्रतिवेदनहरू लैङ्गिक दृष्टिकोणले उपलब्धिपूर्ण भए पनि पर्याप्तछैनन् किनकि त्यसले पूर्ण समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सकेको छैन ।
तराईकाआदिवासी र पहाडका आदिवासीबीच अवसरमा समान वितरण हुन सकेको छैन भन्ने पनि उहाँको गुनासो रहेकोछ । समानुपातिक भनेको भित्री तहदेखि नै सबै वर्ग र समुदायको समान सहभागिता हुनुपर्छ भन्ने हो । त्यसकालागि जनसङ्ख्याका आधारमा पूर्ण समावेशी तथा प्रतिनिधित्वको कुरा संविधानमा नै सुनिश्चित गर्न आवश्यकछ । उक्त लक्ष्य हासिल गर्न पुरुष सदस्यको सहयोग पनि आवश्यक छ । तर त्योभन्दा बढी महिला सदस्यहरूबीचएकता र सहकार्य आवश्यक छ भन्ने भोटनीदेवीलाई लागेको छ । कहिलेकाँही कतिपय महिला संविधानसभासदस्यले आफूहरूले धेरै पढेको भनी घमण्ड देखाउँदा साह्रै चित्त दुख्ने गरेको भोटनीदेवी बताउनुहुन्छ । उहाँकोआग्रह छ, ‘संविधानसभामा हामी सबैले समान हौँं भन्ने अनुभूति गर्न सक्नुपर्छ । नजानेकाले सिक्ने चाहनाराख्नुपर्छ भने जानेकाहरूले पनि नजानेकालाई सिकाउने उदार भावना राख्नुपर्छ । यस्तै भावनाबाट मात्र महिलासभासद्हरूबीच आत्मीयताको भावना विकास हुनसक्छ ।’महिलालाई कतिपय ठाउँमा सहजै बोल्न र आफ्ना कुरा राख्न उपयुक्त वातावरण नहुने गरेको भोटनीदेवीकोअनुभव छ । महिलाले पुरुषभन्दा बढी सोचविचार गरेर मात्र बोल्नुपर्ने हुन्छ तर पुरुषले जसरी बोले पनि, जे खाए पनि र जहाँ गएपनि हुन्छ भन्ने सामाजिक मान्यता छ । महिला र पुरुषलाई दिइने मानसम्मानमा पनि फरक छ ।पत्रकारहरूले पनि महिला सदस्यहरूलाई त्यति प्राथमिकता दिइरहेका छैनन् । उनीहरूको प्राथमिकता पुरुषलाई नैबढी हुने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘संविधानसभा बाहिर पनि पुरुषले जुन स्थान र सम्मान पाउँछन्, महिलालेसोही अनुपातमा त्यस्तो सम्मान पाउन सकेका छैनन् ।
’ महिला भएका कारण र संविधानसभाको सदस्य भएपछिपनि उहाँले केही चुनौती सामना गर्नुपरेको छ । उहाँलाई सुरुमा काठमाण्डौंमा डेरा पाउन निकै गाह्रो भयो ।त्यस्तै घरबेटीको व्यवहार थाहा नभएका कारण रातभर घरबाहिर समेत बस्नुपरेको भोटनीदेवी बताउनुहुन्छ ।संविधानमा महिलाका मुद्दाहरूलाई सम्बोधन गर्न महिलाले आफ्ना कुरा राख्ने पर्याप्त समय पाउनुपर्छ भन्ने उहाँकोधारणा छ । उहाँ भन्नुहुन्छ, ‘संविधानसभामा पुरुष सदस्य धेरै भएकाले महिलाले पुरुष सरह आफ्ना कुरा राख्नेअवसरै पाउँदैनन् । नेताले बोल्ने प्रचलन भएकाले त्यसमा स्वतः पुरुष नै बढी हुने गर्छन् । कतिपय महिलालाईविषयवस्तुकाबारेमा जानकारी पनि हुँदैन । तसर्थ महिलाहरू आफैँ पछि हट्ने पनि प्रवृत्ति छ ।’ महिलाका मुद्दाहरूएकताबद्धरुपमा उठाउन महिलाको एउटा प्रभावकारी संस्था चाहिन्छ । त्यसैका लागि महिला ककसको स्थापनागरिएको हो ।अहिले संविधानसभाले संविधानको रुपरेखा बनाउनेलगायतका अरु पनि धेरै काम सकिसकेको भोटनीदेवीकोबुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘बाँकी काम सिध्याउन दलहरूबीचमा रहेका विवाद समाधान हुनुपर्छ । यसका लागिसबै दल मिल्नुपर्छ र साझा कार्यक्रम बनाउनुपर्छ ।
’ संविधानसभाको सदस्य बन्दा उहाँलाई ठूलो जिम्मेवारी पाएकोमहसुस भएको थियो, तर अहिले संविधान लेखन प्रभावकारी हुन नसकेकोले उहाँलाई खल्लो अनुभव भएको छ ।उहाँको विचारमा मूल कुरा भनेकै दलका नेताहरू इमान्दार हुनुपर्छ किनभने नियम कानुनमा कुनै समस्या भएमासहमति गरेर त्यस्तो समस्या समाधान गर्ने काम पनि दलका नेताहरूको नै हो ।भोटनीदेवीलाई चुनौतीबीच नै सफलता प्राप्त हुन्छ भन्ने लाग्छ । अहिले जनता शान्ति र संविधान चाहन्छन् । त्योपूरा नहोला भन्ने उहाँलाई डर छ । राजनीतिबाहेक समाजसेवा भोटनीदेवीको अर्को चाहना हो । संविधानसभाकोसदस्य बन्नुअघि उहाँले धेरै गैरसरकारी सङ्घसंस्थाहरूमा रहेर काम गर्नुभएको छ । तर उहाँले कहींँबाट पनिपारिश्रमिक लिनुभएन । यो कार्यलाई पनि उहाँ आगामी दिनमा निरन्तरता दिन चाहनुहुन्छ । उहाँ संविधाननिर्माणपछि पनि राजनीति बाहेक समाजसेवा र अन्य प्रेरणादायी काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

अङ्ग्रेजीमा पढ्नुस्

पुरानाम:  श्री भोटनीदेवी खवास
व्यक्तिगत विवरण:
ठेगाना स्थायी : बैजनाथपुर गाविस–२, मोरङ्ग
अस्थायी : बालकुमारी, काठमाण्डौं–३५
सम्पर्क ठेगाना : ९८४२०४६७७९ (मो)
जन्म मिति : २०२४/१/१६
जन्म स्थान : हरैँचा गाविस–८, मोरङ्ग
आमाको नाम : मलियादेवी खवास
बुबाको नाम : गोविन्द खवास
श्रीमान्को नाम : शेरबहादुर खवास
शिक्षा : एसएलसी उत्तीर्ण
राजनीतिक दल : नेपाली काङ्ग्रेस
निर्वाचन प्रणाली : समानुपातिक प्रतिनिधित्व

महिला सभासद् समूह(ककस)बाट साभार [नोट : यो लेख संविधान सभा जिवितै रहेका बेला लेखिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *