खेलकुद

आयोजकलाई हराउँदै सिमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुवात

नागेन्द्र चौधरी/बारा। आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। सिमरा रंगशालामा बिहीबार भएको उदघाट्न खेलमा आयोजकलाई २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो। जितसँगै सरस्वती प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

थारूवान

नागेन्द्र चौधरी/बारा। मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा रहेको सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पूरा भएको छ। आयोजक नव जनजागृति युवा क्लबले सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो।

थारूवान

प्रदिप लेखी। नेपाली खेलकुदमा थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान छ । सिमित स्रोत साधानबाट सञ्चालन भइरहेको नेपाली खेलकुदमा थारु समुदायबाट उत्पादन भएका खेलाडीहरुले ओलम्पिकमा समेत सहभागिता जनाएका छन् । विशेष गरी एथलेटिक्स, फुटबल, भलिबल, मार्शल आर्टलगायतका खेलमा थारु समुदायका खेलाडीको उच्चस्तरका प्रदर्शन देख्न पाइन्छ । हालः फुटबलमा क्रियाशिल रहेका...

थारूवान

फुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई नै विस्मित तुल्याउदै आइरहेका ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि आफ्नो खुबी देखाउने भएका छन्। उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने विदेशी अखबारहरूले जनाएका छन्। बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँग नेइमारको भूमिका कस्तो हुने हो, यो फिल्मको...

थारूवान

केही दिन अगाडि निकै चर्चामा आएको एउटा नाम सीमाकुमारी चौधरी। सीमा त्यतिबेला सबैको नजरमा अटाए जतिबेला पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा आठ सय मिटर दौड प्रतियोगितामा खाली खुट्टा दौडिएर पदक हात पारिन्। एकातिर तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी त्यही भिडमा एक १५ बर्षीया...

थारूवान

नेपाली सेनाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन्।

थारूवान

विनोद ढकाल/थाहाखबर। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सतर्फ नेपाल आर्मीले सबैभन्दा धेरै पदक जित्दा पुलिस दोश्रो र एपीएफ तेश्रो भए। यी विभागीय टिमले पदक हिसाब गरेर गर्व गरिरहँदा ती टिमलाई पदक दिलाउन थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान देखिएको छ।

थारूवान

सातौं बृहत राष्ट्रिय खेलकुदमा सहभागी हुन पूर्वाञ्चल आउनुअघिसम्म कृष्णा चौधरी असमञ्जसमा थिइन्। दुई दिनअघि मात्र उनको दाँहिने खुट्टाको प्लास्टर काटिएको थियो। त्यसैले उनी नेपाली खेलकुदको ठूलो खेल मेलामा सहभागी बन्ने सम्भावना नै न्युन थियो।

थारूवान

ट्रिपलजम्पमा स्वर्ण जित्दै केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या तीन पुर्‍याइन् । १ सय १० मिटर हर्डल्समा भने उनी पहिलो हुन सकिनन् । ‘चोटका कारण पनि मैले ३ स्वर्ण जित्न सकेँ, त्यसमा म खुसी छु,’ नेपाल प्रहरीकी केशरीले भने, ‘चोटबाट निको भएपछि थोरै इभेन्टमा मात्र केन्द्रित भएर खेल्छु...

थारूवान

एकातिर चार महिनाअघि रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएर फर्किएकी सरस्वती भट्टराई, अर्कातिर नेपाली सेनाकी जब्बर खेलाडी सानुमाया कार्की। बीच ट्रयाकमा सुदूरपश्चिमकी १५ वर्षीया सीमाकुमारी चौधरी। इटहरीको निर्माणाधीन रंगशालामा सोमबार एथलेटिक्सअन्तर्गत ८ सय मिटर दौडमा सुदूरपश्चिमकी सीमाकुमारीलाई ट्रयाकमा देख्दा कसैले पत्याएका थिएनन्, उनले यो स्पर्धामा पदक जित्छिन् भनेर।

थारूवान
1 4 5 6 7 8 28