खाली खुट्टा दौडेर पदक जित्ने सीमा ३८ हजार नगदसहित माघी महोत्सवमा सम्मान हुँदै

केही दिन अगाडि निकै चर्चामा आएको एउटा नाम सीमाकुमारी चौधरी। सीमा त्यतिबेला सबैको नजरमा अटाए जतिबेला पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा आठ सय मिटर दौड प्रतियोगितामा खाली खुट्टा दौडिएर पदक हात पारिन्। एकातिर तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी त्यही भिडमा एक १५ बर्षीया कलिली युवती सीमा पनि अटेकि थिइन्।

एकसे एक जब्बर खेलाडीको बीचमा आफूलाई उतार्नु चानचुने कुरो थिएन उनका लागि। तर उनी आफूलाई प्रतिस्पर्धामा मात्रै उतारिनन् सुदुरपश्चिमाञ्चलका लागि कास्य पदक समेत दिलाइन्। एक त निर्माणाधीन रंगशाला त्यसमाथि खाली खुट्टा दौडेर पदक कास्य पदक जितेपछि सवै चकित बनेका थिए।

खाली खुट्टा दौड्नु सीमाको इच्छा र चाहना नभई गरिबी थियो । टीकापुरको राजीपुरमा एक गरिब घरमा जन्मिएकी सीमा आर्थिक अभावका कारण एथलेटिक्समा प्रयोग गरिने ‘स्पाइक’ नलगाई खाली खुट्टामा ओर्लिएकी थिइन् उनी । स्पाइक किन्ने पैसा समेत नभएकी सीमालार्ई जुत्ता किन्न परै जाओस् । यस अघि सीमाले २०७१ सालमा राष्ट्रपति रनिङ सिल्ड र युथ जुनियर खेलमा सीमाले स्वर्ण पदक जितिसकेकी छिन् ।प्रचुर सम्भावना बोकेकी सीमालाई यतिबेला सहयोग गर्ने सहयोगी हातहरु एक पछि अर्को गर्दै अगाडि बढिरहेको छ। सीमालाई सहयोग गर्न देशबाट मात्रै नभएर विदेशबाट समेत सहयोग जुट्नेक्रम बढेको छ । उनलाई हालः अमेरिकामा बसोबास गर्ने थारु समुदायको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएशनले  ३८ हजार २ सय ३७ रुपैयाँ सहयोग स्वरुप पठाएको छ। सो संस्थाले गोफन्डमार्फत् सीमाको लागि आर्थिक सहयोग जुटाएकाेे थियाेे। जसमा अमेेरिकीबासी नेपालीहरूलेे सीमाकाेे सम्वाना देखेेर सहयाेेग गरेेका थिए।

उक्त रकम टुडिखेलमा आयोजना हुने माघी महोत्सवमा सीमालाई प्रदान गरिनेछ। यतिबेला सीमालाई सहयोगको खाँचो छ यदि तपाईहरु पनि सीमालाई सहयोग गर्न चाहनु हुन्छ भने सहयोगको हात अगाडि बढाउन सक्नुहुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *