फुटबलर नेइमार अब फिल्ममा, ट्रेलर हेर्नुस्

फुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई नै विस्मित तुल्याउदै आइरहेका ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि आफ्नो खुबी देखाउने भएका छन्। उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने विदेशी अखबारहरूले जनाएका छन्। बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँग नेइमारको भूमिका कस्तो हुने हो, यो फिल्मको रिलिज पछि नै थाहा होला?

तर, बार्सिलोनाका यी युवा स्ट्राइकरले सामुअल एल ज्याक्सनसँग एउटा रेष्टुराँमा गरेको एउटा संवाद भने आउँदो ‘ट्रिपल एक्स’ को अघिल्लो शृंखला (रिटर्नस् अफ द केज) को ट्रेलरमा सार्वजनिक गरिएको छ। दृश्यमा नेइमारले आफ्नो फुटबलको खुबी पनि देखाएका छन्। संवादमा ज्याक्सनले एजेन्ट बन्न गरेको आग्रहलाई अस्वीकार गरेका नेइमारले आफ्नो संवादमा भनेका छन्, ‘म हिरो होइन, मात्र फुटबल खेलाडी हुँ।’

संवाद टुंगिएपछि रेष्टुराँबाट बाहिरिदै गरेका ज्याक्सनलाई काउन्टर अगाडि बाहिरबाट कुद्दै आएका एक व्यक्तिले आधुनिक बन्दुक देखाएर धम्क्याउन खोज्छ। यति नै बेला नेइमारले टेबलमा रहेको नेप्किन राख्ने भाँडोलाई मैदानमा फुटबललाई निर्दयी पाराले हाने जस्तै ड्याम्म हान्छन्। र, त्यो नेप्किनको भाँडो बन्दुक बोकेको मान्छेलाई लाग्न पुग्छ। र, ऊ भुईमा बजारिन्छ।

नेइमारको भूमिकाको विषयमा यो बाहेक अहिलेसम्म कुनै सूचना बाहिर आएको छैन्। तर, भिडियो फुटेज हेर्नेहरू भने नेइमारको अभिनय देखेर रोमाञ्चित हुनेछन्।

ट्रेलर हेर्नुस् :




Leave a Reply

Your email address will not be published. Required fields are marked *