पदक विजेता खेलाडीलाई सेनाद्वारा पुरस्कार प्रदान

नेपाली सेनाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन्।

उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम भएको थियो। प्रतियोगितामा सेनाका खेलाडीले ११३ स्वर्ण, ६४ रजत र ४७ कास्य पदक प्राप्त गर्न सफल भएका थिए। नेपाली सेनाका खेलाडीले धेरैजसो सामूहिक खेलमा पदक हासिल गर्न सफल भएका हुन्। प्रतियोगितामा नेपाली सेनाका ४४४ खेलाडी सहभागी थिए।

खेलाडीलाई पदक वितरणपछि सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले खेलाडीको कडा अभ्यास र अनुशासनले सुखद् परिणाम र इतिहास रच्ने काममा सफलता मिलेको बताए। उक्त प्रतियोगिता यही पुस ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *