थारू समाचार

भूराजनीतिक तनाव अन्त्य गर्न जी-२० सदस्य राष्ट्रलाई प्रधानमन्त्री मोदीको आह्वान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्।

थारुवान संबाददाता

दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका-२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ।

थारुवान संबाददाता

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको नेतृत्व गर्दै उम्मेदवारी दिए। उनका प्रतिद्वन्द्वीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।

थारुवान संबाददाता

संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन्। बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमति भएको हो।

थारुवान संबाददाता

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको बताए ।

थारुवान संबाददाता

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ। ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। सत्ता गठबन्धनले आफूहरूको माग नसुनेको भन्दै फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने तयारी भएको पार्टीका एक नेताले बताए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक-पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने ।

थारुवान संबाददाता

राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन् ।

थारुवान संबाददाता
1 40 41 42 43 44 151