सांसद अरुण चौधरीको निलम्बन फुकुवा

राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन् ।

चौधरीलाई फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गरेकी थिइन् । चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य भएका छन् ।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनी फरार सूचीमै रहेका बेला कैलालीबाट निर्वाचित भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *