नाबालिगलाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका-२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ।

चिनियाँ नागरिकले पोखरा महानगरपालिका-१० रामबजार घर भएका दुईजना नाबालिगलाई काठमाडौँ बोलाएर ललितपुरको सोह्रखुट्टेमा रहेको भाडाको घरमा बलात्कार गरेको आरोप छ।

मङ्सिर १० मा जावलाखेल १७ (परिवर्तित नाम) र मङ्सिर ११ मा राति जावलाखेल १८ (परिवर्तित नाम) लाई ललितपुरमा बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन्। त्यस्तै आरोपीले बलात्कार गर्ने उद्देश्यले अर्की एकजना नाबालिगलाई झापाबाट काठमाडौँ बोलाएको थाहा भएको छ।

३ जना पीडितले उनीबिरुद्ध जबरजस्ती करणी मुद्दाको जाहेरी दिएका छन्। चिनियाँले बलात्कार प्रयास गरेको बालिका झापाको मेचिनगर नगरपालिका-११ की स्थानीय हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *