राष्ट्रपतिको उम्मेदवार उठाउने नागरिक उन्मुक्ति पार्टीको तयारी

नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। सत्ता गठबन्धनले आफूहरूको माग नसुनेको भन्दै फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने तयारी भएको पार्टीका एक नेताले बताए।

उनले सरकार रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइमा गम्भीर नदेखिएकाले उम्मेदवारी दिने तयारी भएको बताए। ती नेताका अनुसार टीकापुर कमैयाबस्तीका हिमादेवी थरुनीलाई राष्ट्रपतिको उम्मेदवारी बनाउने विषयमा पार्टीभित्र छलफल भएको बताए।

‘रेशम चौधरीको रिहाइमा सरकार गम्भीर देखिएन। त्यसैले राष्ट्रपतिमा उम्मेदवारी दिने कि भन्ने विषयमा छलफल भइरहेको छ। सम्भवतः टीकापुर कमैयाबस्तीका हिमादेवी थरुनीलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भएको छ,’ ती नेताले थारुवानसँग भने। हिमादेवी चार दसक कमैया बसेकी थिइन्।

यसअघि नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभाको उपनिर्वाचनमा गठबन्धनविरुद्ध उम्मेदवारी दिएको थियो। लुम्बिनी प्रदेशमा रिक्त रहेको सिटका लागि नागरिक उन्मुक्तिले उम्मेदवारी दिएको थियो।

‘यही अवस्थामा हामी अरु दललाई मत दिँदैनौं। त्यसैले आफ्नै उम्मेदवारलाई मत दिने भनेर उम्मेदवार बनाउन लागेका हौं,’ ती नेताको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *