थारू समाचार

सहकारीलाई छानबिनको दायरमा ल्याउन सांसद अमनलाल मोदीको माग

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

थारूवान

प्रभु शाह नेतृत्वको आम जनता पार्टीले १५ संगठनमा नेतृत्व चयन गरेको छ। केन्द्रीय समितिको बैठकले १५ संगठनको इन्चार्ज र अध्यक्ष तोकेको प्रवक्ता चन्द्र भुषण शाहले बताए। आम जनता पार्टीले आम थारु मोर्चासमेत गठन गरेको छ। जसको इन्चार्जमा पलट चौधरी र संयोजकमा सरोज चौधरी तोकिएका छन्।

थारूवान

जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जतिखेर पनि पुन जेलमा हाल्दिने डर रहेको उल्लेख गरेका छन्। अध्यक्ष राउतले पार्टीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सोही कारणले गठबन्धनका बैठकहरूमा होस् कि सरकारमा, नागरिक उन्मुक्ति पार्टी बोल्नसमेत असमर्थ रहेको उल्लेख गरेका छन्। यिनै कारणले नयाँ पार्टीलाई...

थारूवान

थारू साहित्य राष्ट्रिय सम्मेलनको ८औं संस्करण शुक्रबादेखि सुनसरीमा आयोजना हुँदैछ। हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका-२ स्थित गढीथानमा  माघ २६ र २७ गते सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरिबाट साहित्यप्रेमीहरू उपस्थित हुने आयोजकले जनाएको छ। सम्मेलनमा...

थारूवान

नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा भएको केन्द्रीय उपाध्यक्षहरूको बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरि मनाउने निर्णय गरेको हो। पार्टी महासचिव ठाकुरसिंह थारूका अनुसार, पार्टीको स्थापना दिवस फागुन ३ गतेका दिन केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला, पालिका र...

थारूवान

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो।

थारूवान

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

थारूवान

रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

थारूवान

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औं गणतन्त्र दिवस मनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे।

थारूवान
1 9 10 11 12 13 151