नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने

नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा भएको केन्द्रीय उपाध्यक्षहरूको बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरि मनाउने निर्णय गरेको हो।

पार्टी महासचिव ठाकुरसिंह थारूका अनुसार, पार्टीको स्थापना दिवस फागुन ३ गतेका दिन केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला, पालिका र वडाका प्रमुख चौकहरूमा पार्टीको नाम बीचमा उल्लेख गरी दीप प्रज्जवलन गर्ने निर्णय गरिएको छ। महासचिव थारुले स्थापना दिवसका दिन दीप प्रज्जवलन पछि भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयता जिन्दावाद, समुदायमा आधारित समाजवाद जिन्दावाद र नागरिक उन्मुक्ति पार्टी जिन्दावाद्को नारा लगाउनुका साथै पार्टीको गीत बजाएर खुशियाली साट्टासाट्ट गर्ने निर्णय गरेको बताएका छन्
स्था

पना दिवसका अवसरमा पार्टीको हरेक तहका कार्यसमितिले आ-आफ्नो पार्टी कार्यालयमा जलपान कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरिएको महासचिव थारुले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *