सहकारीलाई छानबिनको दायरमा ल्याउन सांसद अमनलाल मोदीको माग

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे।

‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरुले कारबाही भेगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु- देशभैरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ’ सांसद मोदीले भने। सहकारीलाई छानबिनमा ल्याएर कमिकमजोरी भए नियामक संस्थाले कारबाही गरी जनताको पसा फिर्ता गराउनुपर्ने उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *