समाचार

खिचरा महोत्सवमा मन्त्रीले भने- औंलोलाई थेगेर आफ्नो सँस्कृति बचाउने थारू समुदायलाई स्यालुट छ

कारी महतो। चितवन औंलोलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्न चाहेको बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री बहादुर सिं लामाले बताएका छन्।

थारूवान

-महिप जनवरी २०२४ को सुरुमा भारतका विदेशमन्त्री (ईएएम), डा. एस जयशंकरको दुई दिने नेपाल भ्रमण द्विपक्षीय सम्बन्धका लागि उल्लेखनीय फलदायी साबित भयो। नेपालका विदेशमन्त्री एनपी साउदसँगको सातौं भारत-नेपाल संयुक्त आयोगको बैठकको सहअध्यक्षतामा भएको भ्रमणले दुईवटा महत्वपूर्ण सम्झौताहरू प्राप्त गर्यो: दीर्घकालीन ऊर्जा व्यापार सम्झौता र प्रभावकारी सामुदायिक विकास परियोजनाहरूमा लगानी...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको महाचसचिवमा दुई जना निर्वाचित भएका छन्। टीकापुरमा जारी प्रथम महाधिवेशनले महासचिवमा ठाकुरसिंह थारु र गंगा चौधरीलाई सर्वसम्मत चयन गरेको हो। शुक्रबार राति विधान संशोधन गरेर उनीहरूलाई निर्विरोध चयन गरेको हो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको जारी प्रथम महाधिवेशनले २४ पदाधिकारी सर्वसम्मत चयन गरेको छ। टीकापुरमा जारी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सहमहासचिव, सचिव, सहसचिव र कोषाध्यक्षसहित २५ पदमा सर्वसम्मत चयन गरेको हो।

थारूवान

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ द्वारा आयोजित नवौं खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूलआयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए। भोलि २८ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले महोत्सवको समुदघाटन गर्ने अतिथि आमन्त्रण तथा सत्कार समितिका संयोजक कृष्णलाल चौधरीले बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन्। रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन्। निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सरकारसँग भिख नमाग्ने बताएका छन्। टीकापुरमा पार्टीको प्रथम महाधिवेशनको उद्‍घाटन सत्रमा बोल्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टीले राज्यसँग भिख नमाग्ने बताएका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ। कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन्।

थारूवान

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए ।

थारूवान
1 21 22 23 24 25 215