नागरिक उन्मुक्ति पार्टीको महासचिवमा ठाकुर सिंह थारू र गंगा चौधरी निर्वाचित

नागरिक उन्मुक्ति पार्टीको महाचसचिवमा दुई जना निर्वाचित भएका छन्। टीकापुरमा जारी प्रथम महाधिवेशनले महासचिवमा ठाकुरसिंह थारु र गंगा चौधरीलाई सर्वसम्मत चयन गरेको हो। शुक्रबार राति विधान संशोधन गरेर उनीहरूलाई निर्विरोध चयन गरेको हो।

विधानअनुसार एक जनामात्रै महासचिव निर्वाचित हुने प्रावधान रहे पनि निर्वाचन हुने अवस्था आएपछि विधान संशोधन गरेर दुई जनालाई सर्वसम्मत चयन गरिएको थियो। महासचिवका लागि प्रतिनिधिसभा सदस्यसमेत रहेका गंगा चौधरी, प्रदेश मन्त्रीसमेत रहेका धर्म चौधरी र प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहिसकेका ठाकुरसिंह थारू आकांक्षी थिए।

निर्विरोध हुने अवस्था नआएपछि ठाकुरसिंह थारूले उम्मेदवारी फिर्ता लिनेसमेत बताएका थिए। तर बर्दियाका नेता कार्यकर्ताले जसरी पनि ठाकुरलाई महासचिव बनाउनुपर्ने अडान लिएका थिए। भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका धर्मले आफूले उम्मेदवारी फिर्ता लिने बरु ठाकुरलाई महासचिव बनाउनुपर्ने अडान लिएका थिए।

अन्ततः निर्वाचन अधिकृतले मध्यरातमा विधान संशोधन गरेर एक पदको महासचिवलाई २ पद बनाउने निर्णय गरेका थिए। त्योसँगै ठाकुरसिंह थारु र गंगा चौधरी महासचिवमा निर्वाचित भएको घोषणा मध्यरातमा गरिएको थियो।

प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीका अनुसार अध्यक्षसहित २७ पदाधिकारी र २४५ सदस्य निर्विरोध निर्वाचित भएका छन्।

यी हुन् पदाधिकारीहरू

१. रेशमलाल चौधरी -अध्यक्ष
२. दामोदर पण्डित -वरिष्ठ उपाध्यक्ष
३. रतनबहादुर थापा (सु.प. प्र.) -उपाध्यक्ष
४. शिवकुमार बास्तोला (ग.प्र.) -उपाध्यक्ष
५. महेन्द्र पुनः (कर्णाली प्रदेश) -उपाध्यक्ष
6. इन्द्रकुमारी लिम्बु (कोशी प्र.) -उपाध्यक्ष
७. रामकुमार महतो (मधेश प्र.) -उपाध्यक्ष
८. ठाकुरसिंह थारु- महासचिव
९. गंगा चौधरी- महासचिव
१०. रामलाल डंगौरा -सहमहासचिव
११. पदम अधिकारी -सहमहासचिव
१२. पवनकुमार साह -सहमहासचिव
१३. दिलकुमार लावती -सहमहासचिव
१४. राजन गुरुङ -सहमहासचिव
१५. प्रेमवती राना -सहमहासचिव
१६. निरबहादुर श्रेष्ठ -सहमहासचिव
१७. तुलसीप्रसाद चौधरी -सचिव
१८. ललित तम्राकार -सचिव
१९. चन्द्रकमार चौधरी -सचिव
२०. विजयकुमार बस्नेत (राज) -सचिव
२१. पुष्पलता रेग्मी अधिकारी -सहसचिव
२२. करिश्मा कठरिया -सहसचिव
२३. अहमद हुसेन मनिहार -सहसचिव
२४. मणीराम भण्डारी -सहसचिव
२५. लालबहादुर रावल -सहसचिव
२६.अम्बरबहादुर लिम्बु (इजम) -सहसचिव
२७. टीकालक्ष्मी चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *