खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा, प्रदेश अर्थमन्त्रीले समुदघाटन गर्ने

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ द्वारा आयोजित नवौं खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूलआयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए। भोलि २८ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले महोत्सवको समुदघाटन गर्ने अतिथि आमन्त्रण तथा सत्कार समितिका संयोजक कृष्णलाल चौधरीले बताए।

समुदघाटन समारोह सुरू हुनुभन्दा अगाडि खैरहनी नगरपालिका वडा नं ८ मगनी चोकबाट शोभायात्रा प्रारम्भ हुनेछ। जिल्लाभरिका विभिन्न १६५ वटा समूह, टोल, संघसंस्था लगायतको सहभागितामा शोभायात्रा हुने झाँकी व्यवस्थापन समितिका संयोजक लक्ष्मी चौधरीले बताए। राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचानू भन्ने मूल नाराका साथ खैरहनी नगरपालिका वडा नं ५, जबकौली गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म सञ्चालन हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *