नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन्। रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन्। निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन।

महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत निर्वाचित भएका छन्।

उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको र कोषाध्यक्षमा चौधरी मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। पण्डित यसअघि पनि वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *