जेलभित्र जन्मिएको नागरिक उन्मुक्ति पार्टी अहिले सबैको मनमा छ : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन्।

‘टीकापुर घटनाको राजबन्दीको न्यायको लागि स्थापना भएको पार्टी अहिले जनताको मनमा बसेको छ’, उनले भनिन्, ‘जेलबाट खुलेको पार्टी हो, अहिले देशैभरि पुगेको छ।’ उनले सुरुवाती दिनमा उम्मेदवारसमेत खोज्न समस्या भएको स्मरण गर्दै अहिले तीनै तहको सरकारमा पार्टीको राम्रो उपस्थिति रहेको बताइन्। अध्यक्ष श्रेष्ठले अहिले पार्टीले सबै उत्पीडित वर्गको पक्षमा वकालत गरिरहेको बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *