प्रधानमन्त्री नआएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे महाधिवेशनको उद्घाटन

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ। कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले उद्घाटन गरेका हुन्। महाधिवेशनमा माधव नेपालबाहेक प्रमुख पार्टीका शीर्ष नेता आएनन्। आज सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *