नागरिक उन्मुक्तिको महासचिवमा गंगा र धर्मबीच कडा टसल, २५ पदाधिकारी सर्वसम्मत (नामसहित)

नागरिक उन्मुक्ति पार्टीको जारी प्रथम महाधिवेशनले २४ पदाधिकारी सर्वसम्मत चयन गरेको छ। टीकापुरमा जारी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सहमहासचिव, सचिव, सहसचिव र कोषाध्यक्षसहित २५ पदमा सर्वसम्मत चयन गरेको हो।

पदाधिकारीतर्फ दुई उपाध्यक्ष र महासचिवमा टुंगो लाग्न बाँकी छ। महासचिव पदमा तीन जनाको उम्मेदवारी परे पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ठाकुरसिंह थारूले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा सदस्य गंगा चौधरी र प्रदशमन्त्रीसमेत रहेका धर्मबहादुर चौधरीबीच महासचिवमा प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि सर्वसहमतिको प्रयास जारी रहेको बताइएको छ।

१. रेशमलाल चौधरी -अध्यक्ष
२. दामोदर पण्डित -वरिष्ठ उपाध्यक्ष
३. रतनबहादुर थापा (सु.प. प्र.) -उपाध्यक्ष
४. शिवकुमार बास्तोला (ग.प्र.) -उपाध्यक्ष
५. महेन्द्र पुनः (कर्णाली प्रदेश) -उपाध्यक्ष
6. इन्द्रकुमारी लिम्बु (कोशी प्र.) -उपाध्यक्ष
७. रामकुमार महतो (मधेश प्र.) -उपाध्यक्ष
८. रामलाल डंगौरा -सहमहासचिव
९. पदम अधिकारी -सहमहासचिव
१०. पवनकुमार साह -सहमहासचिव
११. दिलकुमार लावती -सहमहासचिव
१२. राजन गुरुङ -सहमहासचिव
१३. प्रेमवती राना -सहमहासचिव
१४. निरबहादुर श्रेष्ठ -सहमहासचिव
१५. तुलसीप्रसाद चौधरी -सचिव
१६. ललित तम्राकार -सचिव
१७. चन्द्रकमार चौधरी -सचिव
१८. विजयकुमार बस्नेत (राज) -सचिव
१९. पुष्पलता रेग्मी अधिकारी -सहसचिव
२०. करिश्मा कठरिया -सहसचिव
२१. अहमद हुसेन मनिहार -सहसचिव
२२. मणीराम भण्डारी -सहसचिव
२३. लालबहादुर रावल -सहसचिव
२४.अम्बरबहादुर लिम्बु (इजम) -सहसचिव
२५. टीकालक्ष्मी चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *