समाचार
सुशील चौधरीलाई थाकस कोरियाद्वारा ६५ हजार सहयोग
थारू कल्याणकारिणी सभा दक्षिण कोरियाले ब्रेन ह्यम्रेज भई उपचाररत अधिकारकर्मी सुशील चौधरीलाई आर्थिक सहयोग गरेको छ। थाकस दक्षिण कोरियाले चौधरीलाई ६४ हजार ९८८ रुपैयाँ सहयोग गरेको छ। थारू राष्ट्रिय साहित्य सम्मेलनमा थाकस दक्षिण कोरियाको तर्फबाट नेपालमा रहेका राजु चौधरीले उक्त रकम शेखर दहितलाई हस्तान्तरण गरेका थिए।
थारुवान संबाददाताबाँकेको राप्ती सोनारी गाउँपालिकामा थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले ठूलो भूमिका खेल्ने बताए। मन्त्री मोदीले सरकारले सबै जातजातिको भाषा र संस्कृति संरक्षणमा चासो दिएको उल्लेख गरे।
थारुवान संबाददाताप्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो।
थारुवान संबाददाताबाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो।
थारुवान संबाददाताकाठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्। थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले...
थारुवान संबाददाताराना थारू भाषाको लोक कथा ‘सोरठ’की लेखिका लक्ष्मी रानालाई ‘थारू साहित्य पुरस्कार २०७९’ बाट सम्मान गरिने भएको छ। थारू लेखक संघ नेपाल धनगढी कैलालीले रानालाई सम्मान गर्ने भएको हो । उनलाई यही माघ २० गते देखि २२ गतेसम्म राप्तीसोनारीको सिढन्वामा हुने ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका...
थारुवान संबाददाता
थारूलाई अन्याय गरिरहेका प्रचण्ड मदन चौधरी