श्रीमान श्रीमतीको झगडाबीच मुख्यमन्त्रीमा लक्ष्मण किशोर र कैलाश चौधरीको दाबी अस्वीकृत

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेस भएका दुवै दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकृत गरेका हुन्। दुवैको दाबीमा निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुखको भनाइ छ।

सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद रहेको छ। लक्ष्मण रेशम चौधरीका पक्षका हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षका हुन्।  श्रीमान श्रीमतीबीचको विवादले अन्ततः नागरिक उन्मुक्तिलाई फाइदा भन्दा बेफाइदा भएको देखिन्छ।

यसैबीच प्रदेश प्रमुख मियाँले दुई दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउन थप दुई दिनको समय दिएका छन्। उनले वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्ववान गरेका छन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१।०१।०२ गते बेलुका ५:०० बजे भित्र दाबी पेश गर्न आह्वान गर्नुभएकोमा नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्य बाट दाबी पेश हुन आएको सन्दर्भमा दुबै दाबीको आधारमा निस्कर्षमा पुग्न नसकिएको हुदाँ माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दावी सहित मिति २०८१।०१।०६ गते बेलुका ५:०० बजे भित्र दावी पेश गर्न आह्वान गर्नु भएको छ,’ प्रवक्ता दीर्घराज भट्टले जारी गरेको पत्रमा उल्लेख छ।




One thought on “श्रीमान श्रीमतीको झगडाबीच मुख्यमन्त्रीमा लक्ष्मण किशोर र कैलाश चौधरीको दाबी अस्वीकृत

  1. देश लुटेरा भनेका नेता कर्मचारी हुन् । अरु चोर दल जस्तै नाउपाले पनि आफ्नो नियत सबैसामु प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *