अन्ततः सुदूरपश्चिमको मुख्यमन्त्री बने सोडारी, नागरिक उन्मुक्तिका दुईको समर्थन, ५ जनाको आपत्ति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। बिहीबार निकै विवादका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोडारीलाई नेकपा एमाले, माओवादी केन्द, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थन गरेका छन्।

नागरिक उन्मुक्त पार्टीको आपत्ति
यसैबीच नागरिक उन्मुक्ति पार्टीका पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै समर्थन गरेका दुई सांसदबारे आपत्तिसमेत जनाएका छन्। कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको उनीहरूले प्रस्ट पारेका छन्।

उनीहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना संरक्षक रेशम चौधरीनिकट हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *