समाचार

थारु सँस्कृतिविद् अशोक थारुलाई एक हजार अमेरिकी डलरको पुरस्कार

थारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो।

थारुवान संबाददाता

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टी एमसीसीको पक्षमा मतदान गर्ने बताएका छन्। उनले एसीसी प्रस्ताव टेबल भयो भन्दै पास हुने कुरा पनि नभएको स्पष्ट पारे। उनले एमसीसी फेल गराउन अन्तिम समयसम्म प्रयास गर्ने बताए।

थारुवान संबाददाता

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुखसमेत फेरिएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीसहितका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

थारुवान संबाददाता

सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्ताव संसदमा पेश गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता प्रस्ताव टेबल गरेका हुन्।

थारुवान संबाददाता

नेपालको राजनीतिमा बेला बेलामा विभिन्न एजेण्डाहरुले तरंगित पार्ने गरेको पाइन्छ। कहिले दलहरुको विभाजन, कहिले एकता, कहिले गठबन्धन, कहिले सन्धि सम्झौता त कहिले भ्रष्टाचारजस्ता एजेण्डाहरु प्रपोगाण्डा बनिरहेको हुन्छन्। अहिले सबैको जनजिव्रोमा झुण्डिएको र राजनीतिक बृत्तमा चुलिएको चर्चाको विषय वस्तु बनेको छ, एमसीसी।

विनय वैद्य

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।

थारुवान संबाददाता

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुमा रहेर अध्ययन गर्न सहज हुने उद्देश्यका साथ १० वर्ष अगाडि थारु छात्रावास स्थापना गरियो । तर छात्रावास व्यवस्थित हुन सकेको थिएन । व्यवस्थित मुख्य प्रवेशद्धार नहुँदा छात्रावासमा सुरक्षा जटिलता देखिन थालेपछि दाताको खोजी भयो ।

थारुवान संबाददाता

नेपाली फिल्म इतिहासमा पहिलोपटक थारु भाषाको गीतमार्फत् ‘प्रमोशन’ गरिएको छ। सुदर्शन थापा निर्देशित, पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई थारु गीतमार्फत् प्रमोशन गरिएको हो। चितवनको थारु गाउँमा सुटिङ गरिएको प्रमोशन गीतको प्रिमियर बुधबार सिटिसी मलमा आयोजना गरिएको थियो।

थारुवान संबाददाता