हाम्रो पार्टी एमसीसीको पक्षमा मतदान गर्दैन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टी एमसीसीको पक्षमा मतदान गर्ने बताएका छन्। उनले एसीसी प्रस्ताव टेबल भयो भन्दै पास हुने कुरा पनि नभएको स्पष्ट पारे। उनले एमसीसी फेल गराउन अन्तिम समयसम्म प्रयास गर्ने बताए।

‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही अवस्थामा एमसीसी पास नगर्ने कुरा प्रष्टसँग सार्वजनिक गरिसकेको छ। प्रस्ताव टेबुल भयो भन्दैमा पास हुने कुरा पनि भएन। जस्तोसुकै कठिन अवस्थामा पनि हामी प्रस्तावको पक्षमा मतदान गर्दैनौं। हाम्रो बलबुत्ताले भ्याएसम्म परियोजना फेल गराउनका लागि अन्तिम समयसम्म प्रयास गर्छौं। जनताको भावनासँग खेलवाड गर्दैनौं,’ उनले भने।

यसअघि पनि उनले एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई चिठी लेख्दै एमसीसी आफ्नै देशका गरिबलाई दिन आग्रह गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *