थारु सँस्कृतिविद् अशोक थारुलाई एक हजार अमेरिकी डलरको पुरस्कार

थारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो।

बिओटीका सल्लाहकार रोहिणी शर्माले सौजन्य गरेको ‘जनेसास सीता शर्मा सर्वोकृष्ट समालोचना/सँस्कृति पुरस्कार २०२१’बाट लेखकद्वय सम्मानित भएका हुन्। कोभिड महामारीका कारण पुरस्कार वितरण कार्यक्रम फागुन ७ गते भर्चुअलरुपमा सम्पन्न भएको थियो।




2 thoughts on “थारु सँस्कृतिविद् अशोक थारुलाई एक हजार अमेरिकी डलरको पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *