आजको संसद बैठकमा एमसीसी पेश गर्ने निर्णय

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।

उनका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेश गर्ने सहमति बनेको छ। शनिबार बसेको नेकपा एसको बैठकले पनि एमसीसी टेबल गर्ने निर्णय गरेको थियो। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसीको विपक्षमा उभिँदै आएका थिए।

एमसीसीकै कारण गठबन्धन टुट्ने सम्भावना बढेपछि आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्न प्रचण्ड सहमत भएका हुन्। अमेरिकाले एमसीसी फागुन १६ भित्र अनुमोदन गर्न समयमीमा दिएको छ। एमसीसीकै कारण नेपाल मामिलामा अमेरिका र चीन आमने सामने आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *