१८ एसपीको सरुवा, डोटी प्रहरी प्रमुखमा शारदा चौधरी

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुखसमेत फेरिएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीसहितका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। रुपन्देहीमा नयाँ प्रहरी प्रमुखको रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी शाखामा कार्यरत रबिन्द्र रेग्मीलाई पठाइएको छ।

रुपन्देहीका प्रहरी प्रमुख मनोज कुमार केसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरिएको छ। त्यस्तै, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटी जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। मानव बेचबिखन अनुसन्धान व्युरोमा रहेका एसपी शारदा चौधरी डोटी सरुवा भएका छन्। उनी डोटी प्रहरी प्रमुखको रुपमा सुरुवा भएका हुन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *