समाचार

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुट्यो भने के हुन्छ? यस्ता छन् देउवाको विकल्प

सत्ता गठबन्धन एमसीसीकै कारण फुटको संघारमा पुगेको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा सत्ता गठबन्धन दलबीच असमझदारी भएपछि गठबन्धन टुटको संघारमा पुगेको हो। भोलि (बिहीबार) बस्ने सत्ता गठबन्धनको बैठकले सो निर्क्योल गर्ने बताइएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रले संसद एमसीसी टेबुल भए सरकारमा नरहने बताएको छ। संसदीय दलको बैठकले सर्वदलीय सहमति जुटाएरमात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

थारुवान संबाददाता

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए।

थारूवान

आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ ।

थारुवान संबाददाता

गीत, संगीत, कला, साहित्यजस्ता विषय वस्तुको कुनै परिधि र सीमा हुँदैन। यी विषयवस्तुलाई जात, धर्म, राष्ट्रियताजस्ता तत्वहरुले छेक्दैन। हाम्रो मुलुकमा मात्र हेर्ने हो भने पनि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गीत संगीतहरुले बेला बेलामा बजार ओगटेको देखिन्छ।

विनय वैद्य

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ वटा कविता छनोट गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठानले आयोजना गर्न लागेको कविता महोत्सवको लागि कविता आह्वान गरेको थियो। थारुमा दाङका जुनु थारु र चितवनका सावित्री चौधरीको कविता परेको छ।

थारुवान संबाददाता

सत्ता गठबन्धनका सांसदहरूले सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा विभिन्न २१ आरोप लगाइएका छन् । महाअभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ ।

थारुवान संबाददाता

थारु समुदायमा सदियोदेखि प्रचलित भलमन्सा (बड्घर) प्रथालाई कैलालीको एक स्थानीय तहले कानूनी मान्यता दिएको छ । थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो । ४९ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकामा ९७ प्रतिशत थारु समुदायका मानिसको बसोबास छ ।

अविनाश चौधरी

काठमाडौंका एक व्यापारीको हत्या आरोपमा नवलपरासीपश्चिममा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका- २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको थियो ।

थारूवान

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता