समाचार

सुदूरपश्चिम प्रदेशमा माघीको दुई दिन र अटवारीमा कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक विदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो।

थारुवान संबाददाता

कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। उनी जानकी गाउँपालिका वडा ६ का निर्वाचित वडाध्यक्षसमेत हुन्। उनका प्रतिद्वन्द्वीका रुपमा नेपालीका कांग्रेसबाट पदमबहादुर कलेलले उम्मेदवारी दिएका छन्।

थारुवान संबाददाता

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ। पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।

थारुवान संबाददाता

टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा थुपारिएका ढुंगा, गिट्टी र बालुवा उठाउन सात दिने अल्टिमेटम दिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट विजयी बनेका प्रमुख रामलाल डंगौराको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक ठाउँमा राखिएका चिजबिज हटाउन निर्देशन दिइएको हो।

थारुवान संबाददाता

कैलालीमा जिल्ला समन्वय समितिको लागि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति, एमाले र माओवादी केन्द्रले तालमेल गर्ने भएका छन्। आज भएको सहमति अनुसार तीन दलले समन्वय समिति बनाउने भएका छन्।

थारुवान संबाददाता

युवा नेता एवं राजापुर-५ का वडाध्यक्ष रमेश चौधरीले खेती गर्ने किसानका लागि महत्वपूर्ण निर्णय गरेका छन्। उनले आफ्नो वडामा खेती गर्ने किसानका लागि १० विघासम्मको भाडा तिर्न नपर्ने निर्णय गरेका हुन्। लिज लिएको जग्गाको भाडा वडा तिर्ने निर्णय भएको उनले थारुवानलाई बताए।

थारुवान संबाददाता

एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन्। आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन्।

थारुवान संबाददाता

पूर्व कमलरीसमेत रहेकी नेकपा एमालेकी सांसद शान्ता चौधरीले कमलरीहरुको बजेट कटौति गरेको भन्दै आक्रोश पोखेकी छन्। संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै उनले यसअघिका सरकारले छुट्याउँदै आएको कमलरीका लागि बजेट वर्तमान सरकारले कटौति गरेको बताइन्।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

थारुवान संबाददाता

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ।

थारुवान संबाददाता