समाचार

कमलरीको बजेट कटौति गरेको भन्दै संसदमा शान्ता चौधरीको आक्रोश

पूर्व कमलरीसमेत रहेकी नेकपा एमालेकी सांसद शान्ता चौधरीले कमलरीहरुको बजेट कटौति गरेको भन्दै आक्रोश पोखेकी छन्। संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै उनले यसअघिका सरकारले छुट्याउँदै आएको कमलरीका लागि बजेट वर्तमान सरकारले कटौति गरेको बताइन्।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

थारुवान संबाददाता

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ।

थारुवान संबाददाता

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन्।

थारुवान संबाददाता

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रसेवक र कर्मचारीको विद्यमान तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको छ।

थारुवान संबाददाता

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ। अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको

थारुवान संबाददाता

रौतहटको गुजरा नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सन्तलाल चौधरी ५ हजार १ सय ४३ मतका साथ विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

थारुवान संबाददाता

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैँयाका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैँया तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैँया पर्ने भएको छ।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कैलाली जिल्लामा ९९ जना निर्वाचित भएका छन्। तीमध्ये चार पालिका प्रमुख र तीनटामा उपप्रमुख समेत रहेका छन्। सबैभन्दा धेरै जानकी गाउँपालिकामा निर्वाचित भएका छन्।

थारुवान संबाददाता

स्थानी तह निर्वाचनमा थारु समुदायबाट २८ जना पालिका प्रमुख बनेका छन्। जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट १४, एमालेबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ४ र माओवादीबाट ३ जना निर्वाचित भएका छन्। यसरी हेर्दा नागरिक उन्मुक्ति पार्टी थारु समुदायमा तेस्रो ठूलो पार्टी बनेको छ।

थारुवान संबाददाता