नागरिक उन्मुक्ति पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कैलाली जिल्लामा ९९ जना निर्वाचित भएका छन्। तीमध्ये चार पालिका प्रमुख र तीनटामा उपप्रमुख समेत रहेका छन्। सबैभन्दा धेरै जानकी गाउँपालिकामा निर्वाचित भएका छन्।

जानकीको अध्यक्षमा गणेश चौधरी, उपाध्यक्षमा लालमती देवी कठरिया निर्वाचित हुँदा ५ जना वडाध्यक्ष, १३ जना खुला सदस्य, ६ जना महिला सदस्य र ६ जना दलित सदस्य गरी ३२ जना निर्वाचित भएका छन्।

त्यस्तै जोशीपुर अध्यक्षमा चित्रबहादुर चौधरी, उपाध्यक्षमा रेखा देवी कठरिया निर्वाचित हुँदा ४ जना वडाध्यक्ष, ९ जना खुला सदस्य, ४ जना महिला सदस्य र ४ जना दलित सदस्य गरी २३ जना निर्वाचित भएका छन्।

त्यस्तै भजनी प्रमुखमा केवल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित हुँदा ३ जना वडाध्यक्ष, १० जना खुला सदस्य, ५ जना महिला सदस्य र ३ जना दलित सदस्य गरी २३ जना निर्वाचित भएका छन्।

त्यस्तै टीकापुर प्रमुखमा रामलाल डंगौरा निर्वाचित हुँदा दुई जना वडाध्यक्ष, ९ जना खुला सदस्य, ४ जना महिला सदस्य र ५ दलित सदस्य निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टी थारु समुदायबाट तेस्रो ठूलो शक्तिसमेत बनेको छ। कांग्रेस र एमालेपछि माओवादी तेस्रो शक्ति बनेको हो। माओवादी भने चौथो बनेको छ।




One thought on “नागरिक उन्मुक्ति पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *