जसपाबाट सन्तलाल चौधरी बने गुजराका मेयर

रौतहटको गुजरा नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सन्तलाल चौधरी ५ हजार १ सय ४३ मतका साथ विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशव रायलाई ३ सय ४४ मत अन्तरले हराए। रायले ४ हजार ७ सय ९९ मत पाए।

निर्वाचन अधिकृत बद्रीनारायण शर्मार्का अनुसार नगर उपप्रमुख पदमा नेपाली कांग्रेसकी रत्न लामा १ हजार ८ सय २१ मतान्तरले विजयी भइन्। लामाले ६ हजार १० मत पाइन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रिनाकुमारी चौधरीले ४ हजार १ सय ८१ मत पाइन्।

निर्वाचन कार्यालयका अनुसार नौ वडा रहेको नगरपालिकामा एमालेले १, ३ र ४ वडाहरु जितेको छ। त्यस्तै माओवादी केन्द्रले २, कांग्रेसले ६ र ७, स्वतन्त्रले ५, समाजवादीले ८ र जसपाले ९ नम्बर वडामा जितेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *