१० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैँयाका दरले मूल्य घटाएको हो। सरकारले पेट्रोलियम पदार्थमा भएको कर घटाएपछि आयल निगमले मूल्य समायोजन गरेको हो।

पछिल्लो निर्णयअनुसार पेट्रोलको मूल्य १८०, डिजेल र मट्टितेलको मूल्य १६३ कायम भएको थियो। आज राति १२ बजेदेखि पेट्रोलको मूल्य १७० रुपैँया र डिजेल र पेट्रोलको मूल्य १५३ रुपैँया कायम हुनेछ। छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *