कमलरीको बजेट कटौति गरेको भन्दै संसदमा शान्ता चौधरीको आक्रोश

पूर्व कमलरीसमेत रहेकी नेकपा एमालेकी सांसद शान्ता चौधरीले कमलरीहरुको बजेट कटौति गरेको भन्दै आक्रोश पोखेकी छन्। संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै उनले यसअघिका सरकारले छुट्याउँदै आएको कमलरीका लागि बजेट वर्तमान सरकारले कटौति गरेको बताइन्।

‘आज दु:खका साथ भन्नैपर्ने हुन्छ. योभन्दा पहिलेको सरकारले कमलरीको लागि बजेट छुट्याउँदै आएको थियो। तर हिजोसम्म जनयुद्धमा होमिएर सर्वहारा श्रमजीबी वर्गका लागि हतियार उठाएर हिँडेको पार्टीको अर्थमन्त्रीले आज त्यो समुदायको लागि बजेट नछुट्याउँदा निकै दु:ख लागेको छ,’ संसदमा उनले भनिन्। उनले अर्थमन्त्रीको त्यसतर्फ ध्यानाकर्षण गराउँदै यथाशिघ्र कमलरीको बजेट छुट्याउन माग गरिन्।

उनले सरकारले आफूलाई लोकप्रिय देखाउने गरी बजेट ल्याएको आरोप समेत लगाइन। ‘पराधीन अर्थतन्त्र, दलाल पूँजीवादको करक्क पारेको बजारको अवस्था, श्रम र स्रोत बाहिरिएकाे कहालीलाग्दो परिस्थिति, बढ्दो महँगी र नगन्य आन्तरिक नै अहिले देशको प्रमुख समस्य हो,’ उनले भनिन्, ‘यस्ता राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेभन्दा आफूलाई लोकप्रिय देखाउने उद्देश्यले नितान्त चुनावमुखी बजेट आएको छ।’

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *