पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० रुपैँया पुग्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैँयाका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैँया तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैँया पर्ने भएको छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैँया बढेको छ। अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *