कैलाली जिसस प्रमुख नागरिक उन्मुक्ति पार्टीलाई, माओवादी र एमालेसँग तालमेल

कैलालीमा जिल्ला समन्वय समितिको लागि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति, एमाले र माओवादी केन्द्रले तालमेल गर्ने भएका छन्। आज भएको सहमति अनुसार तीन दलले समन्वय समिति बनाउने भएका छन्।

सहमति अनुसार नागरिक उन्मुक्तिले प्रमुख सहित दुई सदस्य, एमालेले उपप्रमुख सहित एक सदस्य र माओवादी केन्द्रले चार सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले जानकारी दिए।

तीन दल बिच लिखत सहमति भएको हो । तीन दल मिल्दा कैलालीमा समन्वय समिति बनाउन बहुमत पुग्छ। कैलालीमा नागरिक उन्मुक्तिका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख उपप्रमुख छन्। १३ पालिका रहेको कैलालीमा जिल्ला समन्वय समिति बनाउन १४ सदस्य चाहिन्छ। तीन दल मिल्दा कैलालीमा १६ सदस्य हुन्छ। तीन दल बिच सहमति भएको माओवादी स्रोतले पनि पुष्टि गरेको छ।

छलफलमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट केन्द्रीय प्रवक्ता दामोदर पण्डीत, केन्द्रीय सदस्य रमेश विक,रामलाल थारु र लालबीर चौधरी थिए एमालेका तर्फबाट कैलाली उपाध्यक्ष दुर्गा जोशी, सचिब डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाही उपस्थित थिए। माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि ज्ञवाली र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर उपस्थित थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *