कैलाली जिससमा कांग्रेस भर्सेस नागरिक उन्मुक्ति पार्टी

कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। उनी जानकी गाउँपालिका वडा ६ का निर्वाचित वडाध्यक्षसमेत हुन्। उनका प्रतिद्वन्द्वीका रुपमा नेपालीका कांग्रेसबाट पदमबहादुर कलेलले उम्मेदवारी दिएका छन्। जेठ ३० गते हुने जिसस निर्वाचनमा सत्ता गठबन्धन दल र नागरिक उन्मुक्ति पार्टी र एमालेले तालमेल गरेको छ।

त्यस्तै जिससको उपप्रमुखका लागि पनि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सदस्यमा टीकाराम डंगौरा, प्रेमलाल चौधरी, महिला सदस्यमा दिलमाया विश्वकर्मा र दलित वा अल्पसंख्यक सदस्यमा सरिता भुलले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *