युवा वडाध्यक्ष रमेश चौधरीको निर्णय : खेती गर्ने किसानलाई १० विघासम्मको जग्गा भाडा वडाले तिरिदिने

युवा नेता एवं राजापुर-५ का वडाध्यक्ष रमेश चौधरीले खेती गर्ने किसानका लागि महत्वपूर्ण निर्णय गरेका छन्। उनले आफ्नो वडामा खेती गर्ने किसानका लागि १० विघासम्मको भाडा तिर्न नपर्ने निर्णय गरेका हुन्। लिज लिएको जग्गाको भाडा वडा तिर्ने निर्णय भएको उनले थारुवानलाई बताए।

‘व्यवसायिक कृषि गर्न चाहने राजापुर-५ वडाभित्र रहेको कृषक समूह/व्यवसायी/उद्यमी/फर्म/कृषक किसानहरुको लिजमा लिएको १० विघासम्मको जग्गाको भाडा वडा कार्यालयले भुक्तानी गरिदिने,’ निर्णयमा भनिएको छ।

त्‍यस्तै अति विपन्न भूमिहीन दलित/सुकुम्बासी/दण्ड पीडित र गरिबीको रेखामुनी रहेकाहरुका लागि आपतकालीन सरल राहत कोष स्थापना गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै किसान माध्यमिक विद्यालय खल्लाजयपुर र पदमा कुमारी माध्यमिक विद्यालयका अध्ययनरत विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै उत्पादनमूलक एवं व्यवसायमूलक योजना सञ्चालन गर्ने निर्णय भएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *