राजनीति

उपेन्द्रको हिम्मत भए मोर्चा छैन भनोस् : राजेन्द्र महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताेले प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मक भएको भन्दै त्यसबाट कोही पनि आत्तिन नहुने बताएका छन्। बुधबार नागरिकन्युजसँग कुरा गर्दै अध्यक्ष महतोले मधेसी मोर्चा सार्थक वार्ताको लागि तयार रहेको बताए।

थारूवान

केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् ।

थारूवान

सरकारको एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले नयाँ जिम्मेवारी तोकेको छ। जसअन्तर्गत थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलाई झापा मोरङ सुनसरीको जिम्मेवारी दिइएको छ। थारु महिला समाजका अध्यक्ष सरस्वती चौधरीलाई उदयपुर, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीलाई सप्तरी र सिरहा, थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीलाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी...

थारूवान

प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेतालाई सम्बोधन गरी वार्तामा आउन आग्रह गर्दै पत्र पठाएपछि संघीय गठबन्धनमा असन्तुष्टि बढेको छ। मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालबाहेकका दलले प्रधानमन्त्रीको पत्रलाई सकारात्मक भनेका छन्।

थारूवान

संघीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईको वार्ताका लागि प्रधानमन्त्री स्वयं मानसिक रुपले तयार नभएको जिकिर गरेका छन्। राजधानीको खुलामञ्चमा अनसन बसिरहेका राईले सरकारले वार्ताको हल्ला मात्रै गरेको बताए। राजधानीकेन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनका ३० नेता-कार्यकर्ताको नेतृत्व गर्दै राई आज बिहानदेखि रिले अनसनमा छन्।

थारूवान

संघीय गठबन्धन अन्र्तगर्तको आन्दोलनरत मधेशी मोर्चाको एक घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अबको वार्ता बन्द कोठाभित्र नभएर सार्वजनिक ठाउँमा प्रत्यक्ष प्रशारण हुने गरि गरिनुपर्ने बताए । उनले भने,‘हामी सरकारको चिया विस्कुट खानको लागि मात्रै वार्तामा बस्दैनौं, वार्तामा को जिम्मेवारी छैन भनेर जनतालाई थाहा पाउन समेत सजिलो...

थारूवान

आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मधेसका समस्या सम्बोधन गर्न सकिने बताएका छन् । बाँके जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई अाइतबार सम्बोधन गर्दै प्रचण्डले भने, “संविधानले कसैलाई भेदभाव गरेको छैन, तर संशोधन गर्नै पर्ने केही विषय छन् भने सहमतिमा संशोधन गर्न सकिन्छ ।”

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चालाई पत्र लेख्दै वार्तामा आउन पुनः आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार तेस्रोपटक लेखेको पत्रमा संवादको माध्यमबाट समस्या समाधान खोज्न सरकार तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरिएको छ।

थारूवान