संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा आन्दोलनमा

सरकारको एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ।

पार्टील बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानलाई लागु गर्न संघीयता नै बाधक भएको निष्कर्ष निकाल्दै संघीयता खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गर्दै भने, ‘संघीयताले नेपालको जातीय, क्षेत्रीय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पुर्याएको छ, त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं।’

शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीका लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *