राजनीति

मधेसी मोर्चाले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी आलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको समर्थन गरेको छ । मधेसी मोर्चाको बुधबार बसेको बैठकले संघीय गठवन्धनमा आवद्ध ४२ सभासदको हस्ताक्षर बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले बुधबार नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।

थारूवान

राजनीतिक वृत्तमा निकै चासोसाथ हेरिएको सरकार परिवर्तनको विषयले नाटकीय रुप लिएको छ । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना आठ जना मन्त्रीहरुलाई सरकारबार फिर्ता बोलाएको छ ।

थारूवान

फुटबलर देवनारायण चौधरी अमेरिकामा सम्मानित भएका छन्। थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टफा)ले अमेरिकाको सिकागोस्थित वार्षिक पिकनिक कार्यक्रममा चौधरीलाई सम्मान गरेको हो। देवनारायण चौधरीले नेपालको फुटबल क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो। टफका अध्यक्ष तिलक महतोले चौधरीलाई सम्मान प्रदान गरेका थिए।

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएकी हुन्। 

थारूवान

सरकारले नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवं सुविधा निर्धारण प्रक्रिया अघि बढाएको छ।

थारूवान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  भद्र सहमति गर्नेहरु  नै अभद्र रुपमा प्रस्तु भएको कारण वर्तमान सत्ता गठबन्धनमा समस्या आएको बताएका छन् ।

थारूवान

सङ्घीय गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसनको आजको दिन विशेष रुपमा संगीतमय र संस्कृतिमय बन्यो । विशेषगरी थारु र तामाङ समुदायका पहिचान पक्षधर संस्कृतिप्रेमीहरुले पहिचानको र पहिचानको लागि हाल जारी भइरहेको आन्दोनको पक्षमा गीत तथा नृत्यहरु प्रस्तुत गरेर अनसनकारीहरुप्रति समर्थन र एक्यवद्धता जनाए।

थारूवान

कञ्चनपुर बेदकोट नगरपालिका-१ चम्फापुरका राना परिवार बुहारी र छोरीको हत्याराको खोज्दै राजधानी आइपुगेका छन्। जेठ २२ गते मृत फेल परेकी रामदुलारी रानाको हत्यारा पक्राउ गरी कारबाही गर्न स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतका सासु, ससुरा र छोरा राजधानी आएका हुन्।

थारूवान

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्। 

थारूवान