सुशीला कार्की प्रथम महिला प्रधानन्यायाधीश

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएकी हुन्। 

कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो । कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्र्वाेच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो।

प्रमुख आयुक्त यादवको शपथ

आफूले शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराइन्।  डा यादवलाई गत शुक्रबारको संसदीय सुनुवाइ विशेष समितिको बैठकले नियुक्तिको सिफारिस अनुमोदन गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *