देश

तराईका जिल्ला सदरमुकामलाई आधुनिक सहरमा रुपान्तरण गरिने

तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गरिने भएको छ ।

थारूवान

कालिका गाविस वडा–४ तेसन्नपुरका ३० वर्षीय अन्नत चौधरीको गएराति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको छ । उक्त समूहले मुखमा सेतो पट्टि बाँधेर चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

थारूवान

बजेटका विशेषता कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने । सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो...

थारूवान

सरकारले सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिक अर्थात् वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ । यो सरकारी घोषणासँगै अव वृद्ध-वृद्धाले मासिक २ हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

थारूवान

सरकारले बजेट भाषण मार्फत् पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा गरेका हुन् ।

थारूवान

सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ ।

थारूवान

सरकारले बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३–०७४ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । बजेट भाषणअनुसार बर्दियामा थारु र कञ्चनपुरमा राना थारुको संग्राहलय स्थापना हुनेछन् ।

थारूवान

सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिनेभएको छ । 

थारूवान

सरकारले तराईका जिल्लाहरुलाई एक अापसमा जोड्ने हुलाकी राजमार्ग निर्माणको लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै भारत सरकारको अनुदान सहायता तथा नेपाल सरकारको आफ्नै स्रोतबाट राजमार्ग निर्माण कार्य द्रुत गतिमा अघि बढाउने उल्लेख गरे।

थारूवान

सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्र्याकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो।

थारूवान