पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट

सरकारले बजेट भाषण मार्फत् पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा गरेका हुन् ।

सरकारले सञ्चार क्षेत्रको विकास अन्तर्गत तराईमा नेपाल टेलिभिजन र रेडियो नेपालको स्थानीय भाषामा प्रशारण गर्ने समेत घोषणा गरेको छ ।

बजेट भाषणाका क्रममा अर्थमन्त्री पौडेलले सरकारी टेलिभिजन र रेडियोलाई तराईंका भाषामा प्रशारण गरिने घोषणा गरेका हुन् ।

त्यस्तै, सञ्चारको विकासका लागि काठमाडौँमा फोर जी इन्टरनेटको सेवा सञ्चालन गरिने समेत घोषणा गरिएको छ ।

सरकारले सम्पूर्ण सार्वजनिक विद्यालयमा निशुल्क इन्टरनेट सुविधा पुर्याउने समेत घोषणा गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *