बजेटका २८ विशेषता यस्ता छन्

बजेटका विशेषता

कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो ।
संसदीय विकास कोषको बजेट ५० लाख ।
पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
पुनःनिर्माणमा एक खर्ब ४० अर्ब ।
तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।

थप विशेषता

आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
२०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने।
सबै नेपालीको बैंक खाता ।
तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्‍याइने
हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *