अज्ञात समूहद्वारा चौधरीको हत्या

कालिका गाविस वडा–४ तेसन्नपुरका ३० वर्षीय अन्नत चौधरीको गएराति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको छ । उक्त समूहले मुखमा सेतो पट्टि बाँधेर चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

अनुसन्धानका सिलसिलामा सो गाउँका बगिया थारु, सुख्खराम थारु, हरिकृष्ण थारु र उजेली थरुनीलाई प्रहरीले प्रक्राउ गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *