सरकारी कर्मचारीलाई खुसीको खबर, तलब २५ प्रतिशत बढ्ने

सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ ।

तलब र ग्रेड वृद्धि गरिए पनि महंगी भत्ता भने यथावत राखिएको छ । यसअघि सरकारले कर्मचारीलाई एक हजार रुपैयाँ महंगी भत्ता दिँदै आएको थियो । वितेका दुई वर्ष सरकारी कर्मचारीको तलब बढेको थिएन ।

कर्मचारीको मनोवल बढाउन तलब बढाइएको अर्थमन्त्रीले जानकारी दिए । कर्मचारीहरुले ५० प्रतिशत बढाउनु पर्ने माग गर्दै आएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *