समावेशी लोकतान्त्रिक शक्ति बनाउँदै देउवा, ठाकुर, राउत र चौधरीसँग छलफल

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वैकल्पिक गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसँग छलफल थालेका हुन्।

छलफलमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी सहभागी छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला पनि बैठकमा सहभागी छन्। समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपा, जसपालगायतका दललाई समेटी नयाँ गठबन्धन निर्माण गरेपछि कांग्रेस सभापति देउवा पनि वैकल्पिक गठबन्धनको प्रयासमा छन्। उनले प्रधानमन्त्री दाहालले विश्वासको मत आर्जन गर्न नसक्ने भएकाले अर्को गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरिरहेको नेताहरूले बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *